
प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सिताशरणबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरणका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले होटल सिताशरणद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत होटल सिताशरणमा सुविधा लिन चाहनु हुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरणका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।