२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । साउनको चौथो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार साउन २० गते बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रहेकोमा साउन २७ गतेसम्ममा बैंकहरुको निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्ब पुगेको छ ।

यस अवधिमा कर्जा प्रवाह भने ९ अर्बले बढेको छ । संघका अनुसार साउन २० गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६६ अर्ब रहेकोमा साउन २७ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ । यस अवधिमा बैंकहरुको सिडी रेसियो ८८.३५ प्रतिशत रहेको संघले जनाएको छ ।

साउन महिना सुरु भएपछिको ४ साताको अवधिमा बैंकको निक्षेप १ खर्ब २० अर्बले घटेको छ । असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर ४४ खर्ब २१ अर्ब पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर