२०८१ माघ २९ मंगलवार

काठमाडौँ । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकहरूलाई असुलीका लागि कुनै पनि प्रकारको ताकेता गर्न नपाउने व्यवस्था गरेको हो । निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्वन्धी सूचना वा लिलामी सम्वन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय