२०८२ असार २९ आईतवार

काठमाडाैं । नेपाल बैंकर्स संघको शुक्रवार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैैंकले साउन पहिलो साता सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर ८.५ प्रतिशत बनाएको र संस्थागततर्फ मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत विन्दुले कम बनाउनुपर्ने ब्यवस्था गरेको छ ।

यो व्यवस्थापछि वाणिज्य बैंकहरूको ब्याजदर बढ्ने अनुमान गरिएको भए पनि बैंकहरूले भने तत्काललाई नबढाउने निर्णय गरेका छन् । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले बैंकहरूलाई ब्याजदर बढाउने सुविधा दिएको भए पनि लागत मात्रै बढ्ने भएकोले तत्कालै नबढाउने निर्णय गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन् ।

‘बैंकहरूले साउन महिनाको लागि ब्याजदर प्रकाशन गरिसकेको हुँदा ब्याजदर बढाउने सुविधा भए पनि लागत मात्रै बढ्ने भएकोले अहिले थप गर्ने निर्णय भएको छ,’ उनले भने ।

बैंकहरूले साउन महिनामा ब्याजदर नबढाएको भए पनि भदौदेखि भने बढाउन सक्ने संकेत गरेका छन् । केन्द्रीय बैंकले नै ब्याजदर बढाउन दिएको सुविधालाई बैंकहरूले पक्कै प्रयोग गर्ने छन् । बैंकहरूको पनि व्यावसाय भएको र व्यावसाय अनुकूल परिस्थितअनुसार गर्नुपर्ने भएकोले भदौ महिनामा भने ब्याजदर बढाउन सक्ने एक बैंकर्सले संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय