२०८२ असार ३० सोमबार

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले संकलन गरेको रकम ५० खर्ब भन्दामाथि रहे पनि लगानी गर्ने पैसा नभएको गुनासो बैंकहरुले गरेका छन् । कर्जा माग बढिरहेको तर तरलतामा चाप रहेको गुनासो बैंकहरुले गरेका हुन् । नेपाल बैंकर्स संघले समेत चालु आर्थिक वर्षको सुरुदेखि नै लगानीयोग्य रकममा चाप देखिएको जनाएको छ ।

संघले बैंकहरुमा संकलन हुने रकम र लगानी भैरहेको रकम समान रुपमा देखिएको बताएको हो । बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ५० अर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै ऋण प्रवाह भने ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाहरुमा ३ खर्ब ७२ अर्ब रुपैयाँ बैंकहरुको रहेको छ । तर लगानी अर्थात् ऋण प्रवाह गर्ने पैसा ज्यादै न्युन रहेको बैंक तथा वित्तिय संस्थाहरुको भनाई छ ।

कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम हुनपर्ने व्यवस्था छ। जसअनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने पैसाको अभाव रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ५६ अर्ब, अन्य बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ६ अर्ब ७ अर्ब रहेको छ । समग्र बैंकहरुको सीडी रेसियो ८७ दशमलव ६२ प्रतिशत रहेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय