
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ । कम्पनी संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो । गत ५ पुस बाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।