२०८१ मंसिर २३ आईतवार

काठमाण्डौं । नेपालको पर्यटन क्षेत्रको पुनर्स्थापनाको लागि ७३ बुँदे कार्ययोजना ‘पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आइतबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले एक महिनादेखि दीर्घकालीन समयसम्म गर्ने कार्यक्रम समेटेर कार्ययोजना सार्वजनिक गरेका हुन् । उक्त कार्ययोजनामा पर्यटन क्षेत्रको विकास गर्न नीतिगत व्यवस्थादेखि तालिमसम्म समेटिएको छ ।

कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ । यसअघि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो ।

उक्त समयमा ७० करोड माथि खर्च भएपनि २ लाखभन्दा कम मात्र पर्यटक भित्रिएका थिए । कोभिड–१९ को प्रभाव कम भएसँगै विस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिन बताइएको छ ।

सोही कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय