
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनलले पठाएको छ ।
पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ । पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस रहेको छ । एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस. रहेका छन् । विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन् ।
यस्तै, डिवान कन्सल्ट्यान्ट्सले २ हजार २७१, फजल इन्टरनेसनलले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्टले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिसले २ हजार ५९० र लक्की एच.आर.सोलुसनले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ ।
विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिजले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्सले २ हजार २३१, मोन्टाज ओभरसिजले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेजले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
अल शाहिद ओभरसिजले १ हजार ९८२, सान नेपालले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोसले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेजले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्सले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुपले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ ।