२०८१ मंसिर २२ शनिबार

काठमाण्डौं । जीवन बीमा कम्पनीहरूले संकलन गर्ने बीमाशुल्क गत आर्थिक वर्ष २०७८/७९ मा औसतमा १४.९४ प्रतिशतले वृद्धि भएको छ । गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुको बीमाशुल्क बढेको हो । बीमा जनचेतना विस्तारसँगै बीमा कम्पनीहरको पोलिसी बिक्री दरमा सुधार आएपछि बीमा शुल्क संकलनमा वृद्दि भएकाे छ ।

असार मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका थिए ।

गत आर्थिक वर्ष २०७८।७९ मा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३५ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गर्दै पहिलो बनेको छ । बीमा शुल्क आर्जनमा कम्पनीको हिस्सा एक चौथाई अर्थात २५ प्रतिशत माथि रहेको छ । अघिल्लो आव २०७७।७८ मा नेपाल लाइफले ३२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क उठाएको थियो । समीक्षा अवधिमा कम्पनीले ७.६४ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको हो ।

गत आव २०७८।७९ को असार मसान्तसम्ममा लाइफ इस्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १८ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफले सबैभन्दा धेरै ६ अर्ब ६८ करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । दोस्रो स्थानमा रहेको नेशनल लाइफले अघिल्लो वर्षभन्दा ५६ करोडले प्रथम बीमाशुल्क बढढाउँदै ४ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ ।

यस अवधिमा एलआईसीको प्रथम बीमाशुल्क घटेर ४५ करोड घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय