काठमाडौं- अनलाइन मार्फत कारोबार गर्नेहरुको छाता संस्था ई बिजिनेस एसोसिएशन नेपाल (इबान) ले निषेधाज्ञाका बेला इ कर्मशको व्यापारमा सहयोग गर्न सरोकारवालाको ध्यानाकर्षण गरेको छ । उनिहरुले नेपालमा बिश्व बजारमा लागु भएको ब्यवस्था आत्मसाथ गर्न नसकेकोमा गुनासो गरेका छन् ।नेपालमा यस्तो सेवालाई अत्यावश्यक वस्तुको परिभाषाभित्र नपारिनुले सेवा सञ्चालनमा निकै कठीनाई भोग्नु परेको व्यवसायीहरुको भनाइ छ । यो सेवाकाबारे मापदण्ड प्रष्ट नभएकोले डेलिभरी कर्ता र सरकारी अधिकारीहरुको वीचमा आवश्यक समन्वयको अभाव देखिएको बताइएको छ । निषेधाज्ञाका कारण दैनिकी प्रभावित भैरहेकोबोला आम उपभोक्ताको आवश्यकतालाई पुरा गर्न ई कमर्शले प्राथमिकता पाउन थालेको भन्दै यसमा सरकारले सहयोग पुर्याउनुपर्ने बताएको हो ।
उपभोक्ताहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको साथै औषधी तथा लत्ता कपडाजस्ता अन्य अत्यावश्यक वस्तुको खरिदका लागि इ कमर्श सहज माध्यम बन्दै गएको छ । नेपालमा सन् २०२० देखि ई बिजनेस एसोसिएशन नेपाल (इबान) ले सवै ई ब्यापार र बिशेषगरी ई बाणिज्य तथा होम डेलिभरी कम्पनिहरुको प्रतिनिधित्व गर्दै आइरहेको छ ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs