
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पितृशोक परेको छ। उनका बुबा दुर्गाप्रसाद पाण्डेको विहीबार निधन भएको छ। उनी पूर्व आपूर्ति सचिव हुन्। पाण्डेले लखनउ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका थिए। उनले अमेरिकाको जर्ज टाउन विश्वविद्यालयमा मा पनि अध्ययन गरेका थिए।
सरकारी सेवातर्फ अस्थायी लेक्चररका रुपमा पाटन कलेजमा सन् १९५८ मा सेक्सन अफिसर र सन् १९६१मा पर्यटन विभागको उपसचिव बनेका थिए। सन् १९६६मा उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख, सन् १९८२मा कोलकाताको महाबाणिज्यदूत बनेका थिए।
यस्तै वीरगंज चिनी कारखानाको अतिरिक्त सचिव, सन् १९८८मा आपूर्ति मन्त्रालयको सचिव भएका थिए। उनले वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए।
नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका थिए। पाण्डेले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदकजस्ता मानपदवीहरू पाएका थिए।