२०८२ असार ३० सोमबार

काठमाडौँ । बैंकहरुको निक्षेपको ब्याजदर साउन महिनामा नबढ्ने भएको छ । विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई साउनमा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो । ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदर बढाउनुपर्ने आवश्यकता औल्याइरहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय