सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङ प्रयोग गरी केबलकारको टिकट खरिदबापत १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।