२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुँदैछ । नेपाल राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ ।

यो बिल असोज २५ गते परिपक्व हुनेछ । यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन पुुस १६ परिपक्व हुनेछ । त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ ।

यो ट्रेजरी बिल २०८० असार २६ गते परिपक्व हुनेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय