काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआइबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहक लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीमा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात दुवै संस्थाका ग्राहकको व्यवसायी जटिलताको वृहतरुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवासमेत प्रभावकारीरुपमा ग्राहकलाई उपलब्ध गराइने भएको छ ।
भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि विभिन्न चरणमा सञ्चालन गरिनेसमेत जानकारी गराइएको छ ।