२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सुन चार महिनायताकै सस्तो भएको छ। दुई दिनमा तीन हजारभन्दा बढीले घटेर सुनले चार महिनापछि तोलाको ९५ हजार रुपैयाँभन्दा तल ओर्लिएको हो। बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर बिहीबार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भयो । बुधबार सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ महङ्गिएपछि सुनको मूल्य घट्न थालेको हो । चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १ सय ८५ रुपैयाँमा कारोबार भयो। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।

अन्तराष्ट‍्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७४६.८६ डलरमा कारोबार भयो। चाँदी प्रतिऔंस १९ ३७ डलर रहेको छ। बुधबार सुन प्रतिऔंस १७६७.०३ डलर र चाँदी प्रतिऔंस १९.१६ डलर थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय