२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा पुनः बढाएका छन् । वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ । यो भाडा धनगढीका लागि तय भएको हो ।

काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ । त्यसैगरी काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ । त्यस्तैगरी भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ ।

पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ । नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ ।

सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ । हाल बुद्ध, यती, श्री, सौर्य, गुण, समिट, सीता, तारा लगायत विभिन्न वायुसेवा कम्पनीले नियमित व्यवसायिक उडान गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय