काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति पहिलो पटक पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण जिन सिक्वेन्सिङ मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पहिलो पटक फेला परेको हो । अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको अस्पतालका वरिष्ठ चिकित्सकले पुष्टि गरेका छन् ।
ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण आजभोलि कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ चिकित्सकले वताएका छन् । युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको जनाइएको छ ।