२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तरबैंक कारोबार मार्फत् रकम पठाउन सकिने जनाएको छ ।

नेपाल राष्ट्रबैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस होल्डिङ्ग कम्पनी फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ । प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरू बीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ ।

फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो । यहाँ मोबाइल बैंकिङ्ग एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एप मार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ ।

यो “पैसा पठाऔं ठाउँको ठाउँ” अभियानले यसको बृहत् फिनटेक नेटवर्क मार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ । पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्दछ । यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिदैन । तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्दछ । फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय