२०८१ माघ २ बुधबार

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरको कोभिड–१९ उपचारको लागि चाहिने पिपिई लगायतका आवस्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाममा सहयोग गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मुल उदेश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । लक्ष्मी हुण्डाईले सधैैं यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आईरहेको छ । लक्ष्मी ग्रुपले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा एक करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापनको लागि पनि आर्थिक सहयोग गरेको थियो ।
ग्रु्रुपका केहि उल्लेखनीय समर्थन अन्र्तगत २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन् । लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुुपको भगिनी संस्था हो । लक्ष्मी हुण्डाईले यस विषम परिस्थितीमा एकता र खाँचोमा परेका मानिस र समुदायहरुको सहयोग गर्नमा विश्वास गर्दछ साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय