२०८१ माघ ८ मंगलवार

लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय सामान र बिक्रीपश्चातका सेवाहरु उपलब्ध गराउँछ । ग्राहकहरुले लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्री खरिद गरेपछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा पनि प्रदान गर्दै आएको छ ।
अमट्रेड प्रालिका सह-महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार कम्पनी सधै आफ्नो ग्राहकहरुका लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्न तत्पर रहेको र अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्रीपश्चातका सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवाको सुरुवात गरिएको छ । र यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन कल वा ह्वाट्सएपमार्फत आफ्नो समस्याको भिडियो रेकर्ड गरी ९८०२००२५६६ मा पठाइ सुझाव तथा परामर्श लिन साकिने ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय