
काठमाडौं । कामना सेवा विकास बैंकद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ्ग (KS iMobile) मा एकीकृत गरिएको छ ।
बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal Pay QR का मर्चन्टहरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्न मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR Payment प्रयोग गरी नेपाल पे क्युआरका मर्चन्टहरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।