काठमाडौ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।
उक्त सम्झौता अन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलालाई प्रति व्यक्ति २० हजार रुपैया सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले अस्पतालसँग सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बंैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन । बंैकको देशका सातै प्रदेशमा १ सय २६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।