२०८१ मंसिर २२ शनिबार

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा भएको थियो ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै सम्पन्न भएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय