२०८१ मंसिर २३ आईतवार

काठमाडौं । ग्लोबल बल आइएमई बैंक र बैंक अफ कमाठमाण्डू मर्जरमा जाने भएक छन् । यी दुई बैंकहरुले बिहीबार होटल याक एण्ड यतिमा मर्जरु सम्झौता गरेका हुन् ।

यस अघि दुई ठूला वाणिज्य बैंकहरु मिलेर ग्लोबल आईएमई बैंक देशकै नम्वर वान बैंक बनेको थियो । अन्य बैंकहरु मर्जरमा गएर नम्वर वानको ताज खोसिन लागेका ग्लोबल आइएमई बैंकले मर्जर सम्झौता गरको छ । मर्जरपछि यो बैंक देशकै ठूलो बैंक बन्नेछ ।

दुई बैंकहरु १ बराबर स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् । मर्जर पछि बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहने सहमति भएको छ ।

मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल नै हुनेछन् भने सीईओमा रत्नराज बज्राचार्य नै हुनेछन् । ढकाल अहिले पनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् भने राष्ट्र बैंकबाट अवकास प्राप्त बज्राचार्य पनि ग्लोबल आइएमईकै सीईओको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय