२०८१ मंसिर २३ आईतवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कुल २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ६६ हजार रुपैयाँ सहुलियतपूर्ण ब्याजमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले बैंशाखसम्म १ लाख ४६ हजार ३८२ जना ऋणीलाई सहुलियत ब्याज अन्तर्गत सो कजा लगानी गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक तथा पशुपंक्षी कर्जा अन्तर्गत १ खर्ब ६२ अर्ब ९५ करोड ९द्द लाख १४ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । यस अन्तर्गत ४ हजार ७७९ जनाले विनाधितो कर्जा पाएका छन् । उनीहरुले कुल ३ अर्ब २६ करोड ६४ लाख १५ हजार रुपैयाँ ऋण पाएका हुन् ।

यस्तै सोही कर्जा अन्तर्गत बैंकहरुले १ खर्ब ५९ अर्ब ६९ करोड २२ लाख ९९ हजार धितोसहित कर्जा लगानी गरेका छन् । यस्तै, शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत १४१ जनाले १० करोड ९ लाख रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ८८२ जनाले ७८ करोड रुपैयाँ ऋण पाएका छन् ।

महिला उद्यमशील कर्जा अन्तर्गत ६७ हजार ९३४ जनाले ८८ अर्ब ११ करोड ४९ लाख ७८ हजार रुपैयाँ कर्जा लिएका छन् ।

८९९ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ७६ करोड ९० लाख,१४४ जना ऋणीले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा अन्तर्गत ५ करोड ९ लाख, २०८ जनाले ६ करोड १९ लाख ९५ हजार रुपैयाँ भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा र २२४ जनाले ३ अर्ब ५२ करोड ८ लाख ६५ हजार कपडा उद्योग सञ्चालनका लागि कर्जा प्रवाह भएको छ ।

यस्तै, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिममा बैंकहरुले २ जनाका लागि ४ लाख र २२ जनालाई युवा स्वरोजगार कर्जा अन्तर्गत कर्जा अन्तर्गत कुल १ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुले २ खर्ब १६ अर्ब ३२ करोड ९४ लाख ८६ हजार रुपैयाँ कर्जा बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरुले १५ अर्ब ७३ करोड ४१ लाख ६८ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय