मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरि सम्झौता भएको छ । लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जसले तीनपटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जसकारण उनी गिनिज रेकर्डहोल्डर पनि हुन् ।
एक कार्यक्रमबीच बैंकको तर्फबाट जारीकरण प्रबद्र्धन तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात लाक्पा देण्डी शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुनेगरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् ।