काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमबिच नेपालमा नयाँ स्मार्टवाचको घोषणा गरेको हो ।
कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ । कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, वायरलेस चार्जिङ, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटरलगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लुटुथ कलिङ फिचर रहेको छ । नयाँ स्मार्टवाचमा ३ सय ६५ दिनको वारेन्टी पनि रहेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिज उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लुटुथ कलिङ फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए ।
‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाच नेपाली बजारमा बेच्दै आएका छौं । अब बजेट मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टवाच मोडल लन्च गरेका छौं, उनले भने । कम्पनीले कर्न सीडब्लू ७० स्मार्टवाचको बजार मूल्य ७ हजार तोकिएको छ भने प्रि बुक गर्नेहरूले ६ हजार ५ सय रुपैयाँमा किन्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।