काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार एक भव्य समारोहको आयोजना गरी सम्पन्न गरेको छ । बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्रप्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ अतिथिको रुपमा सहभागी थिए ।
उक्त कार्यक्रममा जीवन बीमाको अभिन्न अंग मानिने बागमती प्रदेशका अभिकर्ताको उत्साहजनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडिआरटीहरुलाई सम्मान गर्दै चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेशअन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
साथै देशभरबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जितेकी छिन् ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियानस्वरुप सूर्या लाइफले मेरो पहिलो पोलिसी अभियान सुरु गरेको छ । यसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्तालाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाणपत्र, मायाको चिनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख सुशील चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङसम्बन्धी तलिम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्त्वपूर्ण मन्त्र रहेको जानकारी गराए ।