२०८१ मंसिर २४ सोमबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान अकालमै गएपछि आश्रित परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । गैडाकोटका बीमित अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु दाबी वापतको रकम भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले मृतकको श्रीमति सरस्वती सुवेदीलाई दिएका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले जीवन बीमा सबैका लागि महत्वपुर्ण रहेको र मृत्युपछि परिवारका लागि समेत सारथीको काम गर्ने भएकाले सबैलाई जीवन बीममा योजना सबैको लागि आवश्यक रहेको बताए ।

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका प्रमुख रामकुमार अधिकारीले बीमा भनेको जीवन रहदा र नरहदा पनि आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय