२०८१ मंसिर २३ आईतवार

काठमाडौं । एक महिनाको अवधिमा शोधनान्तर घाटा २० अर्ब रुपैयाँ बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार एक महिनामै २० अर्ब बढेर २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकले आयात निरुत्साहित गर्न अनेकन उपाय लगाउँदा पनि शोधनान्तर घाटा निरन्तर उकालोतिर लागेको हो ।

गत महिना अघिल्लो महिनाको तुलनामा १० अर्ब मात्रै शोधनान्तर घाटा बढेको थियो । तर, वैशाखमा २० अर्ब रुपैयाँ शोधनान्तर बढेको देखिएको छ ।
त्यसैगरी, समीक्षा अवधिमा चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ ।

गत महिना ५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु.७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रूपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय