२०८२ पुष २ बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले मृत्यु दाबी भुक्तानी दिएको छ । २० लाख बीमाङ्कको बीमा गरेका सैनामैना १, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनीले निजको इच्छाएको ब्यक्ति बुबा गुम बहादुर पाण्डेलाई २१ लाख २० हजार १ सय ८८ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

१ लाख ४५ हजारका दरले ३ वटा किस्तामात्रै बुझाएका पाण्डे परिवार २० लाख भन्दा धेरै रकम एकमुष्ट पाउँदा केही रुपमा आश्रीत परिवारलाई आर्थिक सहयोग पुगेको बताएका छ्न ।

कार्यक्रममा बोल्दै मृतकका बाबु हरि बहादुर पाण्डेले बास्तममै बीमाले भुक्तानी दिने रहेछ भन्दै बीमा सबैको लागि अनिवार्य रहेकाे धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना, तालिम बिभाग प्रमुख सुनिल आचार्य, क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थी लगाएत समाजसेवी,बुद्धिजीवी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर