२०८१ मंसिर २२ शनिबार

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत संचालित ‘आइएमई पे’ र ‘फुडमान्डु’वीच सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरिएको हो ।

‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन । क्यासब्याकको सीमा ५ सय रुपैया सम्म मात्र हुनेछ ।

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५ सय रुपैया सम्म मात्र हुने आइएमई पेले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय