काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औ वार्षिक साधारणसभाले ६ सञ्चालक निर्विरोध चयन गरेको छ । सोमबार सम्पन्न भएको सभाले ६ सञ्चालकको निर्वाचनलाई अनुमोदन गरेको छ । निर्वाचनबाट दुई सञ्चालक बाहेक सबै दोहोरिएका छन् ।
सञ्चालक पदमा रवि भक्त श्रेष्ठ, राज रिमाल, दिपक ओली, प्रियंका श्रेष्ठ, विलस मान रंजित र रबिन्द्र राज पन्त निर्वाचित भएका हुन् । यस पटक प्रियंका श्रेष्ठ र रविन्द्र राज पन्त नयाँ निर्वाचित सञ्चालक हुन् ।
यस निर्वाचनबाट पुजा दाहाल र निरज तुलाधर बाहिरिएका छन् । जस मध्ये विलसन मान रंजित र रबिन्द्र राज पन्त सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित भएका हुन् ।