पोखरा । मेगा बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंका ग्राहकले पोखरामा रहेको अन्नपूर्ण केबलकारको सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
सम्झौता पत्रमा बैंकका प्रदेश प्रमुख तारानाथ लम्साल र केबलकारका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । बैंकका डेविट र क्रेडिट कार्ड होल्डर ग्राहकले केबलकारे सेवामा छुट प्राप्त गर्नेछन् । सम्झौताले बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको पौडेलले बताए । केबलकारको टप स्टेसन सराङकोटमा जिप फ्लायर, स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ ।
फेवाताल, पोखरा तथा आसपासको क्षेत्र क्षेत्र तथा हिमालय क्षेत्रको दृश्यावलोकन गर्दै केबलकारमा यात्रा गर्न सकिन्छ ।