
काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा आएको छ। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको छ ।
जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लञ्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ।
एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौ जेनेरेशन भनिएको यस आर १५ एम मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक का साथै नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ। ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड-स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ। त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ।
आर १५ एम १५५ को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ। राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुविधा रहेको छ।
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू आर १५ एम, १५५ सिसि एलसिभी एसओएच्सी फ्युल-इन्जेक्टेड ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक रहेको कम्पनीले जनाएको छ। ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच/थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आर १५ एम लाई अझ विशेष बनाएको कम्पनीको ठम्याई रहेको छ। यसले १०,००० आरपिएममा १८.४ एच्पी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्ने पनि कम्पनीले जनाएको छ।
यसैगरी ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले आर १५ एम लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन्।
एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।