२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । त्यसको करिव एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ । एनबी बैंकलाई प्राप्ती गर्न लागेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एनबीका पूर्वसीईओ ढुंगानालाई सीईओको जिम्मेवारी दिन लागेको हो ।

उनले कार्यभार सम्हालेको दुई साताभित्र नबिल र एनबीको एकीकृत कारोबार हुनेछ । स्रोतका अनुसार असार ३० गतेभित्र एकीकृत कारोबार गर्नेगरी काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय