काठमाडौ । लुम्बिनी विकास बैंक र धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रालि (धुलिखेल जिपलाइन) बीच बिभिन्न सेवा तथा सुबिधामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतामा उल्लेख भएअनुसार बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधा लिए बाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने छ ।
सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चरको तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । बैकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखा मार्फत कारोबार गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।