यती डिस्टिलरीका दुई उत्पादनले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। यतीका ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिशन (एसएफडब्ल्यूएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन्।
गत अप्रिलमा ७० जना निर्णायकले विश्वका करीब पाँच हजार कम्पनीका मदिरा दुई साता लगाएर मूल्याङ्कन गरेका थिए। ती मदिरामध्ये उत्कृष्टहरूलाई ब्रोन्ज‚ सिल्भर‚ गोल्ड‚ डबल गोल्ड र प्लाटिनम मेडल प्रदान गरिएको थियो।
सन् २००० देखि शुरू भएको यो प्रतिस्पर्धा उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो।