२०८१ मंसिर २३ आईतवार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिना बितिसक्दा पूँजीगत खर्चले भने गति लिन सकेको छैन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको वैशाख २५ गतेसम्म पूँजीगत खर्च ३० दशमलव ४५ प्रतिशत मात्र भएको छ ।

गत वर्ष यस्तो खर्च साढे ३४ दशमलव ४७ प्रतिशत भएको थियो । गत वर्षको तुलनामा यो खर्च ४ प्रतिशत विन्दु कम हो । सरकारले गत आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

चालू आवमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । तर, २०७९ वैशाख २५ गतेसम्म पूँजीगत खर्च १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ मात्र भएको छ । बाँकी दुई महिनामा सरकारले दुई खर्ब ६२ अर्ब ९८ करोड रुपैयाँ पूँजीगत खर्च गर्नु पर्ने देखिन्छ । यस अवधिमा ७० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने सरकारलाई दबाव छ । मासिक औसत ३ प्रतिशत खर्च गरेको सरकारले वर्षामा विकास निर्माणका काम एकैपटक गरेर भलबाढीसँगै बगाउँने देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालू आवको १० महिना अर्थात बैशाख २५ गतेसम्म ६६ दशमलब ६३ प्रतिशत चालू खर्च गरेको छ । सरकारले चालू आवमा १० खर्ब ६५ अर्ब २९ अर्ब रुपैयाँ चालू खर्च गर्ने लक्ष्य राखेका छ । हालसम्म चालूतर्फ ७ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय