२०८१ मंसिर २२ शनिबार

काठमाडौं । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय