
काठमाडौ । रिलायन्स फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा शाखा कार्यालय खोली कारोबार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यस संस्थाले का.म.न.पा. २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई इ बैकिग , एससिटि नेटवर्क ,एटिएम, विभिन्न रेमीटेन्स सेवा, सी आस्वा लगायतका सेवा प्रदान गर्दे आएको पनि विज्ञप्तिमा उल्लेख छ ।