२०८१ माघ २ बुधबार

गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथ्र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत समेत गरेको छ ।

साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक दिपक पाण्डेय, रमा कान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठको निर्वाचन गरेको छ । साथै, साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दिपक पाण्डेय अध्यक्ष पदमा मनोनयन गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाखको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न प्रस्ताव समेत पारित गरेको हो ।

यस कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप-संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय