काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले नयाँवर्ष २०७९ को उपलक्ष्यमा ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता’ योजना ल्याएको छ । योजनाअन्तर्गत एक हजार नौ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिनेछ ।
उक्त डिम्याट तथा मेरो सेयर खाता आजीवन नवीकरण गर्न सकिने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । साथै क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेका हितग्राहीले समेत हालसम्म भुक्तानी गर्न बाँकी बक्यौता भुक्तानी गरी नयाँ योजनाको सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
योजनाअन्तर्गत ग्राहकको डिम्याट तथा मेरो सेयर खाता नवीकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने भएकाले हरेक वर्ष नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने कम्पनीले जनाएको छ । यो योजना असार मसान्तसम्म रहनेछ ।