२०८१ माघ ८ मंगलवार

काठमाडौँ । २०७७ पुसमा नेपालसँग १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती थियो । जसले १२ दलशमव ६ महिनाको आयात पुग्थ्यो । अहिले यस्तो सञ्चिती ११ खर्ब ७३ अर्ब अर्थात् ६ दशमलव ७ महिनाका लागि मात्रै पुग्ने छ । राष्ट्र बैंकको लक्ष्य भने सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चित राख्ने थियो ।

मुद्रा सञ्चिती तीव्र रुपमा घट्दै लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकको सुझाव अनुसार सरकारले आयातमा कडाइ गर्न लागेको छ । महंगा मूल्यका मदिरा, मोवाइल फोन, कस्मेटिक्स सामानको आयातमा रोक लगाउन मात्र होइन, इन्धनको खपत घटाउन सार्वजनिक बिदा बढाउने तथा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । कुनकुन वस्तु आयातमा पूर्ण रोक लगाउने र कुनमा कडाइ गर्नेबारे अध्ययन भईरहेको छ ।

कोरोना महामारीका बेला अर्थतन्त्रका अधिकांश बाहृय परिसूचक सकारात्मक थिए । महामारी कम भएपछि हरेक वस्तुको खपत बढ्दा कर्जाको माग उच्च भयो । आयातका लागि ठूलो रकम बाहिरिन सुरु गरिरहेका बेला राष्ट्र बैंकले ब्याज दर पनि सस्तो नै राख्न खोज्यो । तर यसको फाइदा उठाउँदै सर्वसाधारणले उपभोग बढाए । जसका कारण आयात उच्च भयो । अब भने उपभोग घटाउनका लागि ब्याजदर बढाउने र कर्जा असुली बढाउादै आयातमा समेत कडाई गर्नुपर्ने विज्ञको सुझाव छ ।

नेपाली अर्थतन्त्र क्रमशः बिग्रदो अवस्थामा छ । अर्थतन्त्रको अवस्था सुधार गर्न सरकारले बैदेशिक रोजगारमा रहेका नेपालीलाई पैसा रेमिटान्समार्फत नेपाल पठाउन प्रोत्साहन गर्नुपर्ने छ । हुण्डी मार्फत हुने कारोवार पूर्ण रुपमा रोक्न पर्ने छ । बिलासिताका सामान जस्तै गाडी सुन बिदेशी रक्सी,बिदेशी कपडा, श्रृङ्गारका सामान,खाना लगायत खरिद बन्द गर्न पर्ने अवस्था छ ।

विदेश भ्रमणको योजना बन्द गर्न पर्नेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न व्यक्तिगत गाडीको सट्टामा सार्वजनिक गाडी प्रयोगमा जोड दिन आवश्यक छ । साइकल प्रयोग गर्न प्रोत्साहन आवश्यक छ । पुरानो मोबाइल प्रयोग गर्न प्रोत्साहन हुनु पर्ने छ । अहिले करोडपति श्रीलंकनहरु पेट खाली भएर बसेका छन् त्यस बाट सिकेर आवश्यक तयारी गर्न पर्नेछ । तर सरकार गर्भनर निकालेर गौरव गरिरहेको छ । उसका कार्यकर्ता यसैमा ताली बजाई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय