काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । इन्स्योरेन्सको वार्षिक साधारण सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटालाई निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीको चौथो बार्षिक सााधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरेको थियो ।
साथै, सभाले आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे (एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।