२०८१ मंसिर २३ आईतवार

काठमाडौं । सनराइज बैंक र लुम्बिनी विकास बैंकबिच पोइन्ट अफ सेल (POS) सेवाका लागी सहकार्य भएको छ । एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (POS) उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (POS तथा QR), १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय