काठमाडौं । नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनी नेपाल फाईनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा आगामी ४ बर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एकजना संचालक निर्विरोध निर्वाचित हुनुभएको छ ।
संस्थापक समूहबाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
संस्थाका संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाका हाल देशका विभिन्न स्थानहरुमा रहेका १० वटा शाखा कार्यालय र काठमाण्डौको कालीमाटी र कान्तिपथ एक्सेन्टेन्सन काउण्टर मार्फत अत्याधुनिक वित्तीय सेवाहरु जस्तैः मोवाइल बैकिङ्ग, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, एटीएम, कर्पोरेट पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ ।