२०८१ चैत्र १४ बिहीबार

आजको युगलाई विज्ञान र प्रविधिमैत्री युग मानिन्छ, वर्तमान समयमा मानिसका दैनिक जीवनमा आवश्यक हरेक विषयहरुमा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयहरुको महत्वपूर्ण स्थान रहेको छ, प्रविधिको विकासले वास्तवमै मानव जीवनमा लाई निकै सहयोग गरेको छ, सहकारी क्षेत्रबारे भन्नुपर्दा सहकारीको विकास मानव सभ्यताको विकास सँग समूहमा वस्ने, आपसी समुहमा मिलेर कार्य गर्ने, एक अकालाई सहयोग गर्ने भाइचाराको परिपाटी सगे उत्पन्न भएको स्पष्ट बुझ्न सकिन्छ, नेपालमा सहकारीको संस्थागत विकास भने वि.स. २०१० साल देखि सहकारी विभाग गठन गरी भएको पाइन्छ भने हाल नेपाल सरकारले अर्थतन्त्रका तिनखम्बे नीतिअन्तर्गत सहकारीलाई प्रमख एक खम्बा मानी यसको महत्वलाई व्याख्या गरेको तपाई हामी सामु स्पष्ट छ, देशको आर्थिक विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको हामी सवैलाइ जानकारी नै छ, आजको सूचना प्रविधिको संसारमा सहकारीहरुको सूचनालाई शेयर सदस्यहरुमाझ समयमै उपलब्धत गराउनु महत्वपूर्ण आवश्यकता रहेकोले सहकारी संघ–संस्थामा सूचना प्रविधिका उपकरणहरुको प्रयोग बढाउन मात्र नै एक विकल्प हुनसक्छ ।
सन १९८० को दशकको अन्त्यतिर माइक्रो कम्प्यूटरहरुको विकास र सन् १९९२ पहिलोपल्ट सर्वसाधारणका लागि इमेल सुविधा उपलब्ध भएका तथ्यहरुसगै सूचना प्रविधिको शुरुवात भएको पाइन्छ, आजको प्रविधि मैत्री वातावरणमा हरेक मानिसको आवश्यकता, प्रविधिको सुलभ उपलब्धता, व्यवसायिक क्रियाकलापको बृद्धि, प्रविधिमा आधारित सेवाहरूको विकासले सूचना प्रविधिका उपकरणहरुको प्रयोग अनिवार्य जस्ते भएको छ । सूचना संचार र प्रविधिलाई संयुक्त राष्ट्र सघको एक अंग युनेस्कोले निम्नानुसार व्याख्या गरेको पाइन्छ सूचना तथा सञ्चार प्रविधि भन्नाले सूचनाहरुको सृजना गर्ने, संचय गर्ने, पन प्राप्त गर्ने, व्यवस्थापन गर्ने तथा सम्प्रेषण गर्ने इलेक्ट्रोनिक माध्यमलाई बुझाउँछ । यस्ता प्रविधिभित्र रेडियो, टेलिभिजन, भूउपग्रह प्रणाली, भिडियो, कम्प्यूटर इमेल, इन्टरनेट, डिजिटल क्यामेरा, भिडियो कन्फरेन्सिड तथा सिडि तथा डिभिडिहरु समेत पर्दछन् ।
नेपालमा सहकारी इतिहास निकै पुरानो भएता पनि सहकारी क्षेत्रमा सूचना प्रविधिको प्रयोग भने नयाँ नयाँ नै मानिन्छ, भौगोलिक विकटता, शिक्षा तथा चेतनामा कमी र दक्ष जनशक्तिको अभावजस्ता अन्य कारणहरुले सुचना, सचार र प्रविधीको विकासक्रम न्यून भएको पाइएता पनि वर्तमान समयमा नेपालमा भएको राजनीतिक परिवर्तन र शिक्षा क्षेत्रमा भएको तिब्र विकासले सूचना प्रविधिको पहुँचलाई विकास गरेको छ, हाल सहकारी संस्थाका आवद्ध सदस्यहरुको चाहना, व्यवसायीक क्रियाकलापको बृद्धि, समयको माग, प्रविधिमा आधारित सेवाहरुको विकास, सेवा सुविधालाई अझै परिस्कृत बनाउनु पर्ने आवश्यकता, विश्वसनीय कार्य प्रणाली र जुन कुनै समयमा पहुँचमुखी सेवा बनाउन सबै सहकारी सस्थाहरुले सूचना प्रविधिलाई अगाल्नुनै पर्ने अवस्था आइसकेको छ, सहकारी क्षेत्रमा सूचना प्रविधि निम्न कारणले आवश्यक छ :

‘सहकारीमा प्रविधिको प्रयोग गर्दा सहकारी क्षेत्रको विकासमा ठूलो भुमिका खेल्ने कुरामा कुनै शंका छैन । तथापि सकरात्मक पक्ष र सम्भावनाहरु हुनका साथ साथै विभिन्न चनौतीहरु समेत रहेको नकार्न सकिँदैन, सूचना प्रविधिका कमजोर पक्षहरुमा यसको सहि कार्यान्वयन नहुनुलाई लिन सकिन्छ, प्रविधिका उपकरणहरूमा पटक–पटक देखिने अवरोधहरु, प्रविधिको प्रयोग अंग्रेजी भाषामा बढी हुनेहुँदा भाषागत समस्या, डाटा चोरी तथा दुरुपयोग हुने डर, प्रविधिका क्षेत्रमा कार्य गर्ने दक्ष जनशक्तिको अभाव आदिजस्ता समस्याहरुले कहिलेकाहिँ चुनौतीहरु सृजना गरेका हुन्छन्, समस्याहरुसँगै समाधानहरु समेत हुने हुँदा प्रविधिबाट हुने फाइदाहरुको उपयोग सहकारी क्षेत्रमा गर्न सकिएमा नेपालको समग्र सहकारी अभियानले राष्ट्र विकास सँगसँगै दिगो विकासको लक्ष्य हासिल गर्न समेत उदाहरणीय भूमिका खेल्नेछ ।’

बजारको माग तथा वित्तीय समावेशिताको लागि
सरकारले अर्थ ब्यबस्थालाइ प्रविधिमुखी बनाउन विकास गर्न आफ्ना कार्यहरु अगाडी बढाइरहेको छ, सबै बैंक तथा वित्तीय क्षेत्रमा लेखा राख्नको लागि सफ्टवेयर तथा अन्य अनलाइन सेवाहरुको शुरुवात र कार्यान्वयन हुने क्रम बढ्दो छ, सोहि परिप्रेक्ष्यमा सहकारी क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग उपयोग नगर्ने हो भने यसको प्रयोगबाट हुने फाइदाहरुबाट सहकारी सदस्यहरु बञ्चित हुनपर्ने अवस्था आउने हुदा प्रविधिको प्रयोग अत्यावश्यक भएको छ, साथै नेपालको धेरै जनताहरु वित्तीय सेवाबाट बन्चित रहेको कुरा सर्वविदितै छ, भौगोलिक विकटता तथा । अन्य विभिन्न कारणले जनताको घरदैलोमा नै पुगेर सेवा दिन नसकिने हँुदा सहकारीले प्रविधि प्रयोग गरेर त्यो क्षेत्रका जनतालाई सदस्य बनाई वित्तीय सेवा दिन सक्छ ।
सूचना प्रवाहमा प्रविधिको प्रयोग
हाल विश्वमा सूचनाको भूमण्डलिकरण भएको छ । विश्वको एक ठाउँको सूचना एकै छिन्मा विश्वव्यापी हुन प्रविधिको विकासले मात्र सम्भव भएको हो, सहकारी संघ संस्थाका सदस्यहरुले समेत आफुआवद्ध सहकारी सस्थाका गतिविधिहरु आफु भएको स्थानवाटनै तत्काल जानकारी प्राप्त गन चाहन्छन््, जसको लागि सहकारी संस्थाले प्रविधिको प्रयोग गर्नु अत्यावश्यक छ ।
प्रविधिको आगमनसँगै अत्यधिक माग
एक सहकारी संस्था तब मात्र सफल हुन्छ जव उसले आफ्ना सदस्यहरूलाई माग अनुसारका सेवाहरु उपलब्ध गराउन सक्षम हुन्छ, संस्थाका सदस्यहरुले समेत प्रविधि मैत्री उपकरणहरुको अत्यधिक माग गर्नाले सूचना प्रविधिको प्रयोग गर्नु अत्यावश्यक भएको छ ।
पहुचमा बृद्धि गराउने माध्यम
सूचना प्रविधिका उपकरणहरुले पहुँचमा विकास गराउँछन््, संस्थाका शेयर सदस्यहरु आ–आफ्ना कार्यहरुमा व्यस्त भएका हुन् सक्छन् तर सहकारी सदस्यहरु मिलेर नै चलाउने हुँदा आफ्ना आफ्ना सदस्यहरुलाई हरेक सूचना समयमै उपलब्ध गराउनु सहकारी संस्थाका व्यवस्थापन पक्षको दायित्व हुन्छ, जसलाई इन्टरनेट तथा वेवसाइटको माध्यमवाट सदस्यहरूले एकै पटक कुनैपनि समयमा उक्त सूचना तथा जानकारीलाई हासिल गर्न सक्छन् ।
गुणस्तर तथा प्रभावकारीता
एक सहकारी संस्थाको आफ्नो सेवामा गुणस्तर एवं प्रभावकारीता ल्याउन समेत प्रविधिका उपकरणलाई प्रयोगमा ल्याउनु अत्यावश्यक हुन्छ, सहकारी र सदस्यबीच भौगोलिक दुरीलाई समेत प्रविधिले घटाउन मदत गछ, जसले गदा सदस्यले सहकारी संस्थाले प्रदान गरेको सेवामा गुणस्तरीयता महशुस गर्छ भने सस्थाको सदस्य सेवामा प्रभावकारीता ल्याउँछ ।
चुस्तदुरुस्त व्यवस्थापन
सहकारी संघ–संस्थाको वित्तीय तथा व्यवहारिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न प्रविधि प्रयोग गर्नुपर्दछ, सफ्टवेयरहरुको प्रयोगद्वारा लेखा व्यवस्थापन, सामाजिक संजालको प्रयोगद्वारा सूचना प्रवाह, व्यवस्थापकीय कार्य र योजना निर्माणमा प्रविधिका उपकरणहरुको प्रयोग आदिबाट सहकारी व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ । नेपालमा सहकारी क्षेत्रमा सूचना, संचार र प्रविधिलाई छिटो समयमा अनुशरण गर्नु अत्यावश्यक छ जसको लागि निम्न पक्षमाहरुमा ध्यान दिएमा समयमै सहकारी क्षेत्रमा प्रविधिको द्रुत विकास हुने देखिन्छ ।
क) राजनीतिक तथा नीतिगत रुपमा :
– सहकारी क्षेत्रमा सूचना संचार र प्रविधिको प्रयोग बढाउन राजनीतिक प्रतिबद्धताको विकास गर्ने राजनीतिक तहमा वैज्ञानिक कार्यक्रम लागू गर्ने ।
– सहकारी क्षेत्रमा सूचना संचार र प्रविधिको प्रयोग बढाउन सम्बद्ध कार्यक्रमहरुको पहिचान गरि नीति तर्जुमा गर्ने, कार्यान्वयन अनुगमन र मूल्याङ्कन सम्मका सबै चरणहरुमा सूचना प्रविधिका क्षेत्रमा सेवा प्रदान गरेका सम्बन्धित सरोकारवालाहरुलाई सहभागी गराउने ।
ख) प्रशासनिक रुपमा :
– सहकारीका नियमन निकायहरुवाट सहकारी क्षेत्रमा सूचना संचार र प्रविधिको प्रयोग बढाउन नीति तर्जुमा गर्ने र कार्यान्वयनको तहलाई कटिबद्ध बनाउने ।
– सूचना संचार र प्रविधिका सेवा प्रदायकबाट सेवा प्रवाहलाई सर्वसुलभ, छिटोछरितो, मितव्ययी गराउने ।
ग) आर्थिक र सामाजिक रुपमा :
– सहकारी क्षेत्रमा सूचना संचार र प्रविधिको प्रयोग बढाउन सेवा प्रवाह र पहुँच विकासमा सरकारद्वारा अनुदानको व्यवस्था गरि सेवालाई स्लभ बनाउने ।
– भौगोलिक तथा सामाजिक अवस्था हेरी सेवा उपभोगमा अनुदान उपलब्ध गराउने ।
सहकारी संघ– सस्थाले सूचना प्रविधिका उपकरणको प्रयोग गरेमा हुने फाइदाहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
संघ–संस्था
– संघ–संस्थाहरुले वेवसाइट तथा सूचनाहरु इमेल गरि सहकारी सस्थाका सेवा तथा सूचनाहरु २४ घण्टा र ३६५ दिन नै आफ्ना सदस्यहरु माझ उपस्थिति जनाउन सक्छन् र सेवाबारे जानकारी गराउन सहज हुन्छ । सदस्य सेवालाई अनलाइन बनाउन सक्छन् जसले सदस्य संस्थाको कार्यालय धाउने दुःख गरिरहन पर्दैन ।
– संघ–संस्थाले प्रविधिलाई अंगाल्दा संस्थाको प्रतिष्ठामा समेत बृद्धि हुन्छ । प्रविधिको सहायताले सदस्यलाई समयमै सेवा उपलब्ध गराउदा सदस्य माझ राम्रो सम्बन्ध कायम हुन्छ ।
– प्रविधिको प्रयोग द्वारा सहकारी संघ संस्थाले आफ्नो कार्यक्षेत्रभित्र सदस्यहरु बनाउन कुनै भौगोलिक कठिनाइ महशुस गर्नुपर्दैन, जसले संस्थाको सदस्य संख्या बृद्धि गर्न सहायता पु¥याउँछ जसले बजार बिस्तार गर्छ र संस्थालाई बृद्धिको अवसर प्राप्त हुन्छ ।
– प्रविधिको प्रयोग गर्दा मानिस नै उपस्थित हुनुपर्ने बाध्यता हट्छ, जसले न्यून जानकारी शुल्क र समयको बचत गराउँछ । प्रविधिका उपकरणहरुले सदस्यसँग जानकारी आदान प्रदान गर्न धेरै सहजता हुन्छ ।
– संस्था संचालनमा आवश्यक पर्ने ज्ञान, सिप र तालिममा प्रविधिको प्रयोग गर्दा न्यून खर्चमै कार्यालय व्यवस्थापन गर्न सकिन्छ ।
सहकारीमा प्रविधिको प्रयोग गर्दा सहकारी क्षेत्रको विकासमा ठूलो भुमिका खेल्ने कुरामा कुनै शंका छैन । तथापि सकरात्मक पक्ष र सम्भावनाहरु हुनका साथ साथै विभिन्न चनौतीहरु समेत रहेको नकार्न सकिँदैन, सूचना प्रविधिका कमजोर पक्षहरुमा यसको सहि कार्यान्वयन नहुनुलाई लिन सकिन्छ, प्रविधिका उपकरणहरूमा पटक–पटक देखिने अवरोधहरु, प्रविधिको प्रयोग अंग्रेजी भाषामा बढी हुनेहुँदा भाषागत समस्या, डाटा चोरी तथा दुरुपयोग हुने डर, प्रविधिका क्षेत्रमा कार्य गर्ने दक्ष जनशक्तिको अभाव आदिजस्ता समस्याहरुले कहिलेकाहिँ चुनौतीहरु सृजना गरेका हुन्छन्, समस्याहरुसँगै समाधानहरु समेत हुने हुँदा प्रविधिबाट हुने फाइदाहरुको उपयोग सहकारी क्षेत्रमा गर्न सकिएमा नेपालको समग्र सहकारी अभियानले राष्ट्र विकास सँगसँगै दिगो विकासको लक्ष्य हासिल गर्न समेत उदाहरणीय भूमिका खेल्नेछ ।
(कार्की राष्ट्रिय सहकारी बैंक लिमिटेडमा मेनेजर हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय