२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

भाडा समायोजनपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २०० मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर